२०८२ असार ७ शनिवार

राशिफल

रुपन्देहीको बेलहिया नाका ४८ घण्टा बन्द हुने

काठमाण्डौ : रुपन्देहीको सीमा नाका बेलहिया आजदेखि ४८ घण्टा बन्द हुँदैछ ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार भारतको महाराजगञ्ज जिल्लासँग जोडिएका रुपन्देहीका बेलहिया लगायतका सीमा नाका आज बेलुका ६ बजेदेखि पर्सि बेलुका ६ बजेसम्म २ दिन बन्द हुन लागेको हो ।

भारतको उत्तर प्रदेशमा रहेको महाराजगञ्ज जिल्लामा पर्सि विधान सभाको चुनाव हुँदैछ ।