काठमाडौं : धरान उपमहानगरपालिका १८ बुद्धचोकमा रहेको न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा अन्दाजी ३०-३५ वर्षीय महिलाको शव फेला परेको हो ।
प्रहरीका अनुसार महिला दुई दिनयता होटलमा बसेकी थिइन् । आज मंगलबार कोठा सफा गर्न पुगेका होटलका कर्मचारीले मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए । महिलासँगै होटलमा बसेका पुरुष भने फरार रहेका छन् ।
महिलाको शरीरमा चोट पटक रहेको र सँगै रहेका पुरुष फरार रहेका कारण प्रहरीले हत्या भएको हुनसक्ने बताएको छ । इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।
महिलाको सनाखत भएको छैन । तर उनी बसेको कोठामा सुमित्रा तामाङ लेखिएको आइडी कार्ड फेला परेको छ जनाएको छ ।
तपाइँको प्रतिक्रीया