काठमाडौं : आगामी निर्वाचनमा आफ्नो दलको छुट्टै चुनाव चिन्ह नपाउने भएपछि राष्ट्रिय दलको मान्यता नपाएका ३१ वटा साना दल आन्दोलित भएका छन् । आन्दोलित हुनेमा रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीसमेत छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ मा राष्ट्रिय मान्यता प्राप्त दलले मात्र आफ्नो चुनाव चिन्ह पाउने र सो बाहेकका अन्य दलले स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव चिन्ह पाउने व्यवस्थाप्रति साना दलले असन्तुष्टि जनाएका हुन् । उनीहरूले राष्ट्रिय मानव अधिकार आयोग तथा निर्वाचन आयोगलाई यसबारे ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् ।
आयोगमा दर्ता भएका साना दललाई चुनाव चिन्ह नदिने नीति स्थानीय तह निर्वाचनसम्बन्धी ऐनको दफा २६ को उपदफा ६ र ७ मा रहेको प्रावधान विपरीत रहेको साना दलका नेताहरूको गुनासो छ ।
तपाइँको प्रतिक्रीया