२०८२ असार ७ शनिवार

राशिफल

प्रदेश १ को गठबन्धनमा खटपट सुरु

काठमाडौं :  सरकार गठन भएको साढे तीन महिनामै प्रदेश १ को सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । सत्ता गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसको संसदीय दलको आइतबार बसेको बैठकले सरकारको काम कारबाही प्रभावकारी नभएको निष्कर्ष निकालेको थियो । सोमबार प्रदेशसभाको बैठकमा बोल्दै काँग्रेसकी सांसद ज्योति सुब्बाले काँग्रेस झोले भएर गठबन्धनमा बस्न नसक्ने बताएपछि गठबन्धनभित्रको विवाद छताछुल्ल भएको हो ।

सत्ता गठबन्धन दलका धेरैजसो सांसदले नेपाली काँग्रेसको आन्तरिक गुटउपगुटको असर सत्ता गठबन्धनमा देखापरेको बताएका छन् । केहीले भने एमसीसी पारित गर्ने विषयमा केन्द्रमा भएको खटपटको असर तलसम्म परेको हुनसक्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका सांसद धीरेन्द्र शर्माले काँग्रेस आफ्नो चरित्र अनुसार प्रस्तुत हुनु अनौठो नभएको बताए । ‘यो त काँग्रेसको चरित्र हो नि । काँग्रेस काँग्रेस जस्तै हुनुपरेन ,’ उनले भने, ‘उनीहरूको आन्तरिक गुट र असन्तुष्टि पनि संसद्मा प्रस्तुत भएको हो ।’

तर, काँग्रेसकै कोटाबाट वन, वातावरण तथा भूसंरक्षणमन्त्री बनेका शेखर चन्द्र थापाले भने सरकार गठबन्धन संस्कृति अनुसार नचलेको आरोप लगाए ।