२०८२ असार ७ शनिवार

राशिफल

एमसीसी पास गर्न एमालेलाई सत्तामै रहेका दलले वञ्चित गरेको हो : प्रदीप ज्ञवाली

ljrf/ g]t[Tj ljifos cGt/lqmof sf7df8f}F, % dªl;/ M g]kfn sDo’lgi6 kf6L{ -Pdfn]_ sf] bzf}F /fli6«o dxflwj]zgsf] ;Gbe{df ljrf/ g]t[Tjsf] ljifodf cfOtaf/ /fhwfgLdf cfof]lht kqsf/ ;Dd]ngnfO{ ;Daf]wg ub}{ k|jQmf k|bLks’df/ 1jfnL . tl:a/ M rG›snf If]qL÷/f;;

काठमाडौं :  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्तामा रहेका दलहरूले एमालेलाई वञ्चित गरेको बताएका छन् । काठमाडौँमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले एमसीसी पारित गर्ने प्रक्रियाबाट बाहिर राख्न सत्तामा रहेका दलले षड्यन्त्र गरेको आरोप लगाए ।

उनले भने ‘राष्ट्रिय हितको वास्ता नगरी आफ्नै छुद्र निजी स्वार्थ पूरा गर्न खोज्ने उनीहरूका बोली र व्यवहारमा रहेको अवसरवादी छेपारेपनले सत्ता सञ्चालक पार्टी र तिनका नेताहरूको अविश्वसनीयता समेत उदाङ्गो भएको छ । प्रतिनिधि सभाको दुवै बैठकमा हामीलाई एमसीसी पारित गर्ने प्रक्रियामा वञ्चित गरियो । देशको प्रमुख प्रतिपक्षलाई यस प्रक्रियाबाट बाहिर राख्ने सत्ताधारी दलको षड्यन्त्रपूर्ण व्यवहार पनि स्पष्ट भएको छ । संसद्को सबैभन्दा ठूलो दल एमालेलाई वेलमा राखेर संसद्मा अवरोधका बिच यस्तो संवेदनशील विषयमा निर्णय गरिएको छ ।’

उनले सभामुख अग्नि सापकोटा सभामुख पदका लागि अयोग्य भएको टिप्पणी समेत गरेका छन् । एमसीसी पारित गर्ने क्रममा सभामुखले असक्षम व्यवहार देखाएको, एमसीसी टेबल गराउनु परे आत्महत्या गर्ने भन्ने र गठबन्धनको इच्छा पूर्ति अनुसार काम गर्ने, दलको कार्यकर्ताको रूपमा भूमिका खेलेको आरोप लगाए ।