२०८२ असार ७ शनिवार

राशिफल

ओलीलाई पदच्यूत गर्न एमसीसी गिजोलिएको थियो : एमाले

काठमाण्डौ :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग एमसीसी अनुमोदनका लागि गरिएको व्याख्यात्मक घोषणाको अर्थ नरहेको बताएको छ ।

एमसीसीबारे एमालेको धारणा सार्वजनिक गर्न काठमाण्डौमा आज मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले व्याख्यात्मक घोषणा सत्ता गठबन्धनको लाज छोप्ने साधन मात्रै भएको दावी गरेका छन ।

अध्यक्ष ओलीले एमसीसीलाई गलत ढङ्गले गिजोलिएको पनि बताएको छ । अध्यक्ष ओलीले निकाल्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘एमसीसीसम्बन्धी मुद्दा तत्कालीन नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्ने लक्ष्यसहित विकृत रूपमा सुरु गरिएको योजनाबद्ध दुष्प्रचार थियो ।’

अध्यक्ष ओलीले एमसीसी अनुमोदन गर्दा सभामुखले नियम मिचेको आरोप पनि लगाएको छ ।