२०८२ असार ७ शनिवार

राशिफल

नेकपा एसको अस्तित्वबाट एमाले आतङ्कित भयो : माधव नेपाल

काठमाडौं :  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीको संसद्‍मा देखिएको उपस्थितिले एमाले र सो पार्टीका अध्यक्ष केपी ओली आतङ्कित भएको बताएका छन् । आफ्नो पार्टीलाई नै कारण देखाएर एमालेले संसद्‍मा तमासा देखाउँदै आएको उनको भनाइ छ ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर नेपालले आफ्नो पार्टी कानुन सम्मत रूपमा आयोगमा दर्ता भएर संसद्मा आएको बताए । तर पार्टीकै उपस्थितिले एमाले आतङ्कित भएको उनले दोहोर्‍याएका छन । उनले एमसीसीको रटान लगाएर नथाक्ने एमाले अन्तिममा आएर एमसीसीको पक्ष तथा विपक्षमा नखुलेर तमासा देखाएको आरोप लगाए ।