२०८२ असार ७ शनिवार

राशिफल

ट्रम्पले ओलीलाई ट्र्याप मा पारेर चीन विरोधी काममा संलग्न गर्न खोजेको माधव नेपालको आरोप

काठमाण्डौ :  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालका तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई ट्र्यापु मा पारेर नेपाललाई चीन विरोधी क्रियाकलाप सञ्चालन गराउन खोजेको आरोप लगाएको छ । एमसीसी सम्झौताबारेमा पार्टीको धारणा सार्वजनिक गर्न आज मङ्गलवार काठमाण्डौमा गरेको पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएको हो ।

अमेरिकामा राष्ट्रपति परिवर्तन भएसँगै आफूहरूले निरन्तर कुरा उठाएसँगै नेपाललाई इन्डोप्यासेफिक रणनीतिबाट हटाइएको उनले दाबी गरे । उनले भने, ‘डोनाल्ड ट्रम्पको पालामा केपी ओली ट्र्यापमा परेका थिए । नेपाललाई चीन विरोधी क्रियाकलापमा संलग्न गराउने कुरामा केपी ओली फसेका थिए । त्यसपछि हामीहरूले करा उठायौँ । अमेरिकामा पनि राष्ट्रपति परिवर्तन भए । विभिन्न घटनाक्रमलाई विचार गरिसकेर एमसीसी आईपीएसको हिस्सा होइन भनेर अमेरिकाले प्रष्ट पार्‍यो । केही पनि होइन भनेर अहिले केपी ओलीले भनिरहेका छन् । त्यो पुरै गलत हो ।’

यसैबीच अध्यक्ष नेपालले एमसीसी सम्झौतासँगै संसदबाट पारित गरिएको व्याख्यात्मक घोषणाले कानुनी मान्यता पाउने बताउनुभएको छ । नेकपा एमालेको समेत सम्झौतामा औपचारिक विरोध नभएकाले सम्झौता दुई तिहाइभन्दा बढी मतले पारित भएको उहाँले दाबी गरेको छ । सम्झौता अनुमोदनपछि अमेरिका र छिमेकी देश चीनको समेत सकारात्मक प्रतिक्रिया आएको उनले बताए ।