२०८२ असार ३ मङ्गलबार

राशिफल

कौशलटारमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

काठमाडौं :  भक्तपुरको मध्यपुरठिमी नगरपालिका–३ कौशलटारमा शंकास्पद वस्तु भेटिएको छ ।

मंगलबार बिहान ७ बजे भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रहरी नायब उपरीक्षक डीएसपी राजु पाण्डेले बताए ।

उनका अनुसार कौशलटारको कमलधारास्थित मिलिजुली हार्डवेयरको दक्षिण पट्टी प्रेसर कुकुरभित्र शंकास्पद वस्तु राखिएको थियो ।

‘शंकास्पद वस्तु छ भन्ने खबर प्राप्त हुने वित्तिकै घटनास्थललाई सुरक्षित राखेर बम डिस्पोजल टोलीले ९ : ०७ बजे डिस्पोज गरेको थियो’ ।