२०८२ असार ७ शनिवार

राशिफल

संवैधानिक परिषदमा प्रधानन्यायाधीशलाई नराख्न माग

काठमाडौं : कानुन ब्यवसायीहरुले संवैधानिक परिषदमा प्रधानन्यायाधीशलाई नराख्न माग गरेका छन् । हालको संवैधानिक परिषदमा प्रधानन्यायाधीश रहने व्यवस्था संविधान संशोधन गरेर परिवर्तन गर्न उनीहरुले माग गरेका छन् ।

मंगलबार काठमाडौंमा सकिएको १५ औं अखिल नेपाल राष्ट्रिय कानुन व्यवसायी सम्मेलनको घोषणापत्रमा संवैधानिक परिषदमा प्रधानन्यायाधीशको भूमिकालाई लिएर सर्वोच्चमा मुद्दा पर्ने गरेको भन्दै प्रधानन्यायाधीशको संलग्नता नरहने व्यवस्था गर्न माग गरेका हुन् ।