काठमाण्डौं : न्यायपालिकाको शुद्धीकरण गरी भ्रष्टाचारमुक्त बनाउने, नयाँ प्रवेशी कानुन व्यवसायीको दक्षता वृद्धिलगायतको २४ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै कानुन व्यवसायीको सम्मेलन सम्पन्न भएको छ ।
नेपाल बार एशोसिएसनले यही फागुन १५, १६ र १७ गते आयोजना गरेको सम्मेलनको १५ औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन, २०७८ को आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।
कानुन व्यवसायसम्बन्धी विभिन्न विषयमा छलफल गरी आज सम्पन्न भएको हो ।
घोषणापत्रमा न्यायालयको विकृति, विसङ्गति न्यूनीकरण गर्नका लागि न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वले बनाएको प्रतिवेदनको कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।
तपाइँको प्रतिक्रीया