काठमाण्डौ : भक्तपुरको ऐतिहासिक रानीपोखरी नागरिकका लागि खुला गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा पुन:निर्माण गरिएको रानीपोखरीको हिजो उद्घाटन गरेका हुन ।
उनले नेपाल संवत् ७५० मा जगज्योति मल्लको पालामा निर्माण भइ राजा जितामित्र मल्लले पुन:निर्माण गरेको रानीपोखरीको नगरपालिकाले पुन: जीर्णोद्धार गरेको बताए । उनले कला संस्कृति जोगाउनु नै मानव समाजको विकास भएको उल्लेख गर्दै सार्वजनिक र सांस्कृतिक सम्पदा नाश हुनुमा सरकारी कर्मचारीको लापर्बाही भएको पनि बताएका छन ।
तपाइँको प्रतिक्रीया