२०८२ असार ७ शनिवार

राशिफल

शिवरात्रिमा झण्डै १७ लाख भक्तजनले पशुपतिनाथको गरे दर्शन

काठमाण्डौ  :  शिवरात्रिको दिन हिजो झण्डै १७ लाख भक्तजनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका अनुमान् गरिएको छ । हिजो बिहान तीन बजेदेखि राति अबेरसम्म पशुपतिमा भक्तजनको भीड लागेको थियो ।

यस वर्ष मन्दिर दर्शनको लागि सहज भएको भक्तजनले प्रतिक्रिया दिएका छन् । मेला व्यवस्थापनका लागि पाँच हजार स्वयम्सेवक खटाइएको थियो । पशुपतिमा आज पनि शिवरात्रिसँगै जोडिएका विभिन्न पूजा हुनेछन् । यस्तै, हिजो संकलन भएको भेटी गणना लगायतका व्यवस्थापकीय काम भने दिउँसो १२ बजेपछि शुरु हुने पशुपति क्षेत्र विकास कोषका सदस्य एवम् मेला व्यवस्थापन समितिका संयोजक पूर्ण संगम जेठाराले जानकारी दिए ।

यस्तै, पशुपति क्षेत्रमा आज बिहानैदेखि सरसफाइको काम सुरु भएको छ । शिवरात्रिका लागि राखिएका सरसजावटका सामग्री व्यवस्थापन तथा सरसफाईको काम शुरु गरिएको उनले. बताए । पशुपति क्षेत्रमा फूलमाला तथा बत्तीले सजाइएको छ । यस्तै स्वागतद्वार लगायत अरु अस्थायी संचरनाहरु पनि बनाइएका छन् । यो वर्ष शिवरात्रिको अवसरमा पशुपति क्षेत्र निकै झकिझकाउ बनाइएको थियो ।

यसैबीच, शिवरात्रिका लागि पशुपति आएका साधुसन्तको बिदाइको तयारी पनि थालिएको छ । भोलि बेलुका वा पर्सि बिहानसम्म उनिहरुको बिदाइ गर्ने गरी काम भइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।