२०८२ असार ७ शनिवार

राशिफल

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाण्डौ  :  प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसदबाट एमसीसी सम्झौता अनुमोदन भएपछि प्रतिनिधि सभाको बैठक पहिलो पटक आज दिउँसो १ बजे बस्न लागेको हो । गएको आइतबार संसदबाट एमसीसी अनुमोदन भएको थियो ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ पेस गर्नेछ भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।