काठमाडौं : अमेरिकाले आफ्नो हवाई क्षेत्रमा रुसी विमानमाथि प्रतिबन्ध लगाएको छ । संसदलाई संबोधन गर्दै राष्ट्रपति जो बाइडेनले प्रतिबन्धको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।
रुसबाट अमेरिकाका लागि हुने केही उडानहरु यसअघि नै रद्द भैसकेका छन् । बाइडेनले हवाई क्षेत्रमा गरेको प्रतिबन्धले रुसलाई एक्ल्याउने र उसको अर्थतन्त्रमा थप दवाव पुग्ने बताएको छ । अमेरिकाले आफ्नो हवाई क्षेत्रमा रुसको स्वामित्वमा रहेका तथा रुसी कम्पनीद्वारा सञ्चालित विमानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको उनले बताए यो । रुसले युक्रेनमाथि आक्रमण शुरु गरेपछि युरोपका धेरै देशले रुसी जहाजमाथि प्रतिबन्ध लगाइसकेका छन् ।
यसैबीच रुसले युक्रेनमाथि आक्रमण थप तीव्र बनाएको छ । युक्रेनको राजधानी किभमा सुरक्षा तथा प्रविधि केन्द्रहरुलाई लक्षित गरी रुसले स्थल तथा हवाई आक्रमण गरिरहेको छ । आक्रमणको निशानामा सञ्चारमाध्ययम, नागरिक, विद्यालय, अस्पताल लगायत पनि परेका छन् ।
यसअघि युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा भएको रुसी आक्रमणमा १० जना नागरिकको ज्यान गएको थियो । खार्किभ घटनालाई लिएर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई युद्ध अपराधी घोषणा गर्न माग गरेको छ ।
तपाइँको प्रतिक्रीया