२०८२ जेठ २२ बुधबार

राशिफल

बेरोजगार ईन्जिनियरहरुलाई रोजगारीको व्यवस्था गर्छौं : ईन्जिनियर कोईराला

काठमाण्डौं :  नेपाल ईन्जिनियर्स एसोसिएसनको निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारहरू चुनावको प्रचारप्रसारमा जुटेका छन् । यही क्रममा नेपाल लोकतान्त्रिक ईन्जिनियर समूहबाट ई. ऋषि कोईराला पनि उपाध्यक्ष पदका लागि चुनावी मैदानमा होमिएका छन् ।

ईन्जिनियरिङ क्षेत्रमा लामो समयदेखि आवद्ध रही हाल नेपाल भ्यालुयर्स एसोसिएसनको नेतृत्व समेत गर्दै आएका कोइराला कुशल नेतृत्वदायी क्षमता भएका व्यक्तिको रूपमा समेत चिनिन्छन् ।

एसोसिएसनमा क्रियाशील नेतृत्वको आवश्यकता महसुस गरेर नै आफुले निर्वाचनमा उम्मेदवारी दिएको बताउने कोइराला आफ्नो विजय सम्पूर्ण ईन्जिनियरिङ क्षेत्रलाई नयाँ उचाइमा पु¥याउनको लागि नयाँ कोशेढुङ्गा सावित हुने दावी समेत गरेका छन् ।

कोईराला एसोसिएसनको निर्वाचनको समयमा विभिन्न आकर्षक कार्यक्रमहरू समेटिएका घोषणापत्र एवं भाषण प्रस्तुत गर्ने व्यक्ति एवं समूह नै लामो समय नेतृत्वमा रहने क्रममा समेत ती कार्यक्रमहरूलाई कार्यरूपमा बदल्न तयार नहुने परिपाटी अन्त्यकै लागि आफूले उम्मेदवारी दिनुपरेको समेत बताउँछन् ।

साथै यस्तो स्थिति सिर्जना हुनुमा कुशल क्षमतावान व्यक्ति निर्वाचित हुन नसक्नु नै मुख्य कारण रहेको तर्फ मतदाताहरूलाई ध्यानाकर्षण गराउँदै कोईराला कामबाट नै आफूलाई सही सावित गर्न सक्ने व्यक्तिलाई नै विवेकशील तवरले मतदान गरी निर्वाचित गर्नुपर्नेमा विशेष जोड दिन्छन् ।

उपाध्यक्ष पदका उम्मेदवार कोईरालाले नेपाल ईन्जिनियर्स एसोसिएसनले गर्नुपर्ने थुप्रै जिम्मेवारीहरू भएको र एकैपटकमा सबै काम गर्न सम्भव नहुने भएकोले प्राथमिकतासाथ क्रमिक रूपमा ती कार्यक्रमहरू अघि बढाउने बताए ।

साथै निर्वाचन सम्पन्न भएपश्चात् आफूहरूको मुख्य जोड नेपाली ईन्जिनियरहरूको क्षमता विकास तथा रोजगारीमा नै केन्द्रित रहने समेत कोईराला बताउँछन् । आफ्ना शुभचिन्तक एवं सम्पूर्ण मतदाताहरूलाई आफ्नो अमूल्य मत मार्फत विजयी गराई आफूहरूका सपना साकार पार्न उपाध्यक्षका उम्मेदवार कोईराला आग्रह गर्छन् ।

ई. दिलीप कुमार झाले नेतृत्व गरेको लोकतान्त्रिक इन्जिनियर्स समूहमा ई. कृष्णसिंह बस्नेत, ई. सुधिर गुरागाईं, आ. रमिता श्रेष्ठ, ई. सञ्जय महतो लगायतका दिग्गज व्यक्तिहरुको संलग्नता रहेको छ ।

आफूहरुको उद्देश्य नेपाल इन्जिनियर्स एसोसिएसनलाई राजनीतिक सङ्गठनको रुपमा नभई व्यावसायिक संस्थाको रुपमा अघी बढाउने रहेको र सोहीबमोजिम प्यानल गठन गरेर यही फागुन २७ मा हुन लागेको चुनावमा होमिन लागेको समेत कोइरालाले बताए ।

health

उनले भने ‘नेपाल इन्जिनियर्स एसोसिएसन आफैंमा ठूलो प्लेटफर्म हो, जहाँबाट गरिने हरेक निर्णयले सम्पूर्ण इन्जिनियरिङ क्षेत्रलाई कुन दिशा तर्फ डोहो¥याउने भन्ने निर्धारण गर्छन्, अब नेपाल इन्जिनियर्स एसोसिएसन जस्तो गरिमामय संस्थामा नयाँ सोच र दिगो योजना सहित सबै पक्षलाई राम्रोसँग व्यवस्थापन गर्न सक्ने व्यक्ति निर्वाचित हुनुपर्ने आवश्यकता रहेको मैले महसुस गरेको छु, साथै त्यस किसिमका योग्यता सहित आवश्यक कार्यभार पूरा गर्न म आफू सक्षम रहेको हुनाले मैले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ’ नेपाल इन्जिनियर्स एसोसिएसनले नेपालमा सञ्चालनमा रहँदै आएका आर्किटेक्चर, भ्यालुएसन, सिभिल, आइटि, भूगर्भ लगायत सबै किसिमका व्यावसायिक एवं विधागत प्रतिनिधित्व गर्ने संस्था एवं व्यक्तिहरुलाई समेट्न सक्नुपर्छ ।

यद्यपि विगत देखि वर्तमान सम्म पनि एसोसिएसनले यस गहन दायित्वलाई आत्मसात् गर्न सकेको छैन । अहिले यसरी स–साना विधागत संस्थाहरु स्थापना हुनुमा इन्जिनियर्स एसोसिएसनले सबै क्षेत्रका इन्जिनियरहरुको भावना समेटिने गरी काम गर्न नसक्नु पनि मुख्य जिम्मेवार कारणको रुपमा रहँदै आएको छ ।

इन्जिनियर कोइरालालाई जिताउँनुपर्ने कारण यस्ता रहेका छन् 

मैले लामो समय देखि इन्जिनियरिङ क्षेत्रमा रहेर आफूले सँगालेको अनुभवलाई अब नेपाल इन्जिनियर्स एसोसिएसन मार्फत एउटा क्षेत्रको लागि मात्र नभई समग्र इन्जिनियरिङ क्षेत्रको व्यवस्थापनमा योगदान गर्नुपर्ने जरुरी छ ।
इन्जिनियर्स एसोसिएसनमा लामो अनुभव सहित उल्लेख्य योगदान दिन सक्ने युवा सोचका व्यक्तिहरुको आवश्यकता छ ।

नेपाल इन्जिनियरिङ एसोसिएसन सम्पूर्ण नेपाली इन्जिनियरहरुको छाता संगठन हो । सबै विधागत इन्जिनियरहरु अटाउने एकमात्र छाता संगठन रहेको हुनाले यस संस्थालाई राजनीतिक स्वार्थ पूरा हुने किसिमले नभई व्यावसायिक हकहित र पेशागत मर्यादाको दायरा भित्र रहने गरी सञ्चालन गर्नुपर्ने जरुरी छ ।