२०८२ असार ७ शनिवार

राशिफल

नरभक्षी पाटेबाघ आयो नियन्त्रणमा

काठमाडौं :  बाँकेमा मान्छेमाथि आक्रमण गरी ज्यान लिइरहेको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरको जंगलबाट बुधबार बिहान साढे १० बजे बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिइएको हो ।

फत्तेपुरस्थित सिक्टाको पूर्वी नहर पारि राप्तीपीडित सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिए । उनले भने, ‘बिहान ९:४० बजेतिर डाट हानेको बाघलाई साढे १० बजे फेला पारिएको हो । करिब आठ वर्षको अजंगको भाले बाघ नियन्त्रणमा आएको छ ।’