२०८२ असार २ सोमबार

राशिफल

हातहतियार सहित ३ जना पक्राउ

काठमाडौं :  प्रहरीले डुडुवा गाउँपालिका–४ राप्ती पुल नजिकबाट विभिन्न हातहतियार सहित तीन जनालाई पक्राउ​ गरेको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका १८ कारकाँदो बस्ने २९ वर्षीय सुशान्त केसी, सोही उपमहानगरपालिका  १२ कोरियनपुर बस्ने २८ वर्षीय दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका ३ बस्ने  ३२ वर्षीय द्वारिका उपाध्याय रहेको जनाएको छ ।


उक्त व्यक्तिहरुको साथबाट मेड इन युएसए लेखेको एक थान अटोमेटिक पेस्तोल, सोको एक थान म्यागाजिन, ९ राउण्ड गोली, एक थान खुडा र दुई थान नोक बरामद गरिएको प्रहरीले जनाएको छ ।