२०८२ असार ७ शनिवार

राशिफल

जनकपुर साहित्य महोत्सवको तयारी पूरा

काठमाण्ठौं : तेस्रो संस्करणको जनकपुर साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा बिहीबारदेखि हुने महोत्सव यही फागुन २१ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

महोत्सवबारे जानकारी दिने उद्देश्यले आज आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक राकेशविक्रम साहले जनकपुरसहित मधेस प्रदेशमा साहित्यक अवस्था, सम्भावनाबारे व्यापक छलफल गरिने जानकारी दिए ।

उनले साहित्यिक क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले साथ आयोजना गर्न लागेको महोत्सवमा देशभरिका ख्याति प्राप्त स्रष्टाहरूको सहभागिता रहने जानकारी दिए ।