२०८२ असार ७ शनिवार

राशिफल

देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको जानकारी गराएको हो ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले दुई नेताबीच भेटवार्ता भएको बताए । उनले भेटवार्ता नियमित भएको बताउँदै अन्य विषय खुलाउन चाहेनन् ।

एमालेले सभामुखलाई महाभियोग लगाउनेसम्मका चेतावनी दिइरहेको बेला देउवा र प्रचण्डबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।