काठमाण्डौं : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालले युक्रेनको समर्थन गरेर अमेरिकी शिविरमा जान नहुने बताएका छन् ।
विराटनगरमा बुधबार आयोजित भरतमोहन अधिकारीको तेस्रो स्मृति दिवस तथा जेष्ठ नागरिक आधारभूत तथा प्रविधिमूलक शिक्षा कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै खनालले यस्तो बताएका हुन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा ‘अमेरिकी शिविरमा जान लागेको हो ?’ भन्ने प्रश्न समेत गरेका छन् । रुस–युक्रेन द्वन्द्वका क्रममा नेपाल युक्रेनको पक्षमा खुलेको प्रसंग कोट्याउँदै खनालले प्रधानमन्त्रीको आलोचना गरेका हुन् ।
खनालले अमेरिकाले आयोजना गरेको डेमोक्र्याटिक समिटमा प्रधानमन्त्री देउवा सहभागी भएको विषयमा पनि असन्तुष्टि व्यक्त गरे ।
‘यो डेमोक्र्याटिक समिट भनेको तथाकथित अमेरिकी एलिटहरुको हो,’ खनालले भने, ‘डेमोक्रेटिक समिटमा हाम्रो प्रधानमन्त्री किन सहभागी हुनुभएको हो रु उहाँ के अमेरिकी शिविरको मान्छे हो रु यो मेरो प्रश्न हो ।’
नेपाल जस्तो असंलग्न पराराष्ट्र नीति लिएको राष्ट्रका कार्यकारी प्रमुखले यस्तो गर्न नहुने बताउँदै खनालले नेपालले युक्रेनको घटनाबाट पनि पाठ सिक्नु जरुरी रहेको बताए ।
तपाइँको प्रतिक्रीया