२०८२ जेठ २१ मङ्गलबार

राशिफल

मधेसका इन्जिनियरहरु हर्षित

काठमाण्डौं : नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) को आसन्न ३३ औं कार्य समितिको निर्वाचनमा ईन्जिनियर दिलिपकुमार झा ले अध्यक्ष पदको लागि उम्मेद्वारी दिएका छन् ।

ईन्जिनियर झाले उम्मेद्वारी दिएसँगै मधेसी समुदाय हर्षित भएका हुन् । नेईएको चुनाव यही फागुन २७ गते हुँदै छ ।  मधेसी समुदायबाट १४ वर्षपछि नेतृत्व गर्न पाएको हो।

उनले नेतृत्व गरेको लोकतान्त्रिक इन्जिनियर्स समूहमा ई. ऋषि कोइराला, ई. कृष्णसिंह बस्नेत, ई. सुधिर गुरागाईं, आ. रमिता श्रेष्ठ, ई. संजय महतो लगायतका दिग्गज व्यक्तिहरुको संलग्नता रहेको छ ।

साथै सबैजसो विधागत प्रतिनिधित्व हुनेगरी व्यावसायिक प्यानलको रुपमा अघी सारिएको छ ।