२०८२ असार ७ शनिवार

राशिफल

गैरआवासीय नेपाली संघ फुटको संघारमा

काठमाडौं :  सदस्यता र मतदाता छनोटका विषयमा देखिएको विवाद निरुपण हुन नसक्दा गैरआवासीय नेपाली संघ एनआरएनए फुटको संघारमा पुगेको छ ।

सदस्यता विवाद समाधान गरी निर्वाचन गराउन पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा उच्चस्तरीय समिति बनेको थियो । तर समितिले अघि सारेको सहमतिको खाका कार्यान्वयन नगरी कार्यसमितिले निर्वाचन गर्न खोजेपछि विवाद चर्किएको छ ।

संघका पूर्वअध्यक्षहरु सम्मिलित उच्चस्तरीय समितिमा विधान विपरीत कायम भएका मतादाता संख्या कटौती गरी निर्वाचन गर्ने सहमति भएको थियो । तर संघको कार्यसमितिले त्यसलाई स्वीकार गर्न मानेन ।

बरु बुधबार बसेको कार्यसमिति वैठकले निर्वाचन प्रक्रिया रोक्न माग गरिरहेका अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा र जापानका निर्वाचित कार्यसमितिलाई भंग गरी नयाँ कार्यसमिति गठन गर्ने निर्णय गरेको छ ।