२०८२ असार ८ आइतबार

राशिफल

राष्ट्रिय सभामा चार वर्षे कार्यकाल पूरा गरेका २० सांसद आजबाट विदाई

/fli6«o;ef a}7s sf7df8f}F, !@ ;fpg . /fli6«o;efsf dªunaf/ j}7sdf pkl:yt ;f+;bx? . tl:a/ Mk|bLk/fh jGt,/f;;

काठमाण्डाै :  राष्ट्रिय सभामा चार वर्षे कार्यकाल पूरा गरेका २० जना सांसद आज शुक्रवारदेखि बिदा हुँदैछन् ।  बिदा हुनेमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनाकला ओझा, पर्शुराम मेघी गुरुङ, राम लखन चमार, सुमनराज प्याकुरेल रहेका छन् । यस्तै नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिशी र शेरबहादुर कुँवर तथा नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा, शशीकला दाहालको पनि पदावधि सकिएको छ ।

यस्तै नेपाली कांग्रेसबाट दृगनारायण पाण्डेय, तारादेवी भट्ट र राधेश्याम अधिकारी पनि राष्ट्रियसभाबाट बिदा हुँदैछन् । त्यस्तै मनोनीततर्फ रामनारायण बिँडारीको पनि पदावधि सकिएको छ ।

राष्ट्रिय सभामा नवनिर्वाचित १९ सांसदको शपथ ग्रहण भने भोलि शनिवार हुने भएको छ ।