२०८२ असार ८ आइतबार

राशिफल

माओवादीको केन्द्रिय समिति बैठक आज बस्दै, श्रेष्ठ समूहले असन्तुष्टि जनाउने

काठमाण्डौ : नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज शुक्रवार बस्दैछ । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्ने तयारी छ । व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेपछि नारायणकाजी श्रेष्ठ समूह असन्तुष्ट छ । यो समूहका सांसदहरू गिरिराजमणि पोखरेल र अन्जना विशंखेले एमसीसी सम्झौता अनुमोदनको निर्णय हुँदा संसदमा विरोध जनाएका थिए ।

एमसीसी अनुमोदन भएको भोलिपल्ट पत्रकार सम्मेलन गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी छाडेर गए हुन्छ भन्ने आशयको अभिव्यक्ति दिएपछि नारायणकाजी समूह थप असन्तुष्ट बनेको छ । यो समूहका नेताहरुको छलफलमा पार्टी विभाजन गर्ने कि माओवादीमै बसेर सङ्घर्ष गर्ने भन्ने बहस चलिरहेको छ ।

आजको बैठकमा एमसीसी सम्झौता र संसदले गरेको १२ बुँदे व्याख्यात्मक घोषणाबारे आफ्ना मत राख्ने यो समूहको तयारी रहेको छ । बैठकमा पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, केन्द्रीय समितिलाई पूर्णता दिने, स्थानीय तहका चुनावसहित पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल हुने माओवादीले जनाएको छ ।