काठमाडौं : तनहुँमा करेन्ट लागेर वडा सदस्य ६८ वर्षीय ओमबहादुर नेपालीको ज्यान गएको छ । नेपाली कांग्रेस व्यास नगरपालिका–१ का वडा सदस्य नेपालीको खोलाबाट पानी तान्ने क्रममा आज शुक्रवार बिहान करेन्ट लागेर ज्यान गएको हो ।
छाब्दी खोलाबाट मोटर पम्प जोडेर पानी तान्ने सिलसिलामा करेन्ट लाग्दा नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी युवराज खड्काले जानकारी दिए । तरकारी बारीमा सिँचाइ गर्नका लागि छाब्दी खोलाबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा नेपालीको ज्यान गएको बताएको छ ।
तपाइँको प्रतिक्रीया