२०८२ असार ८ आइतबार

राशिफल

त्रिभुवन विमानस्थलमा आज पनि क्यालिब्रेसन फ्लाइट हुने

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि क्यालिब्रेसन फ्लाइट हुनेछ । त्यसका लागि त्रिभुवन विमानस्थल कार्यालयले ११:३० बजेदेखि २:३० बजेसम्म नोटाम नोटिस जारी गरेको छ । यो अवधिमा सबै प्रकारका आन्तरिक र बाह्य उडान प्रभावित बन्ने छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसनमा आएको यरो थाइको जहाजले नै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि क्यालिब्रेसन फ्लाइट गरिरहेको छ ।