काठमाडौं : सर्वाधिक पुरस्कार राशिको सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबलमा आज शुक्रवार एक खेल हुँदैछ ।
धनगढी रङ्गशालामा न्युरोड टिम एनआरटी र बाग्मती युथ क्लब खेल्दैछन् । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा हिजो मनाङ मर्स्याङ्दी क्लबले भारतको दिल्ली फुटबल दुई–एक गोल अन्तरले क्लबलाई हराएको थियो ।
सुदुरपश्चिम ११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
तपाइँको प्रतिक्रीया