२०८२ जेठ ३२ शनिवार

राशिफल

सुँनको भाउ आज पनि ९ सय रुपैयाले वृद्धि

काठमाण्डौ :  सुनको भाउ आज शुक्रवार तोलामा नौ सय रुपैयाँले वृद्धि भएको छ । कारोबार हुने हप्ताको अन्तिम दिन आज सुन तोलामा नौ सय रुपैयाँले बढेर तोलाको ९९ हजार नौ सय रुपैयाँ पुगेको छ ।

सुन हिजो बिहीवार तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । अस्ति बुधवार सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार पाँच सय रुपैयाँमा पुगेको थियो ।

आज चाँदीको भाउ घटबढ भएको छैन । चाँदी तोलाको १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।