२०८२ असार ८ आइतबार

राशिफल

नेपाल र भारतलाई जोड्ने मोटरेवल पुल निमार्णको काम सुरु

काठमाडौं :  दार्चुलामा नेपाल र भारत जोड्ने गरी मोटरेबल पुल निर्माण सुरु हुने भएको छ । महाकाली नगरपालिका ८ अस्खेडा बगर र भारततर्फ बलुवाकोट नजिकको थार्चुम बगर जोड्ने महाकाली नदीमाथि पुल बनाउन लागिएको हो ।

पुल निमार्णपछि नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्य बीचको सीमापार ‘कनेक्टिभिटी’लाई सुदृढ बनाउनका साथै दुवैतर्फको सीमा समुदायबीच रहेको सम्पर्कलाई थप मजबुत बनाउने भारतीय दूतावासले जनाएको छ । पुल निर्माणका लागि लामो समयदेखि प्रयास भइरहेको थियो ।

नेपाल–भारत आउजाउ गर्न दार्चुलाको महाकाली नदीमा झोलुङ्गे पुल र धेरै स्थानमा तुइनबाट जोखिमपूर्ण यात्रा गर्नुपर्छ । मोटरेबल पुल निर्माण भए आउजाउमा सजिलो हुनाका साथै मालसमान ढुवानीमा पनि सहज हुने स्थानीयवासीले आशा गरेका छन् ।