२०८२ असार ८ आइतबार

राशिफल

पक्ष र विपक्षमा प्रदर्शन नगर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ ।

अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुनसक्ने आयोगले जनाएको छ ।

त्यसैले संयमित भई अनुसन्धान प्रक्रियालाई सघाउन आयोगले आग्रह गरेको छ ।

आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्त अनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ ।’

हेर्नुस् राष्ट्रिय मानव अधिकार आयोगको विज्ञप्ति