२०८२ जेठ २२ बुधबार

राशिफल

मेरो जित नै सम्पूर्ण ईन्जिनियरहरुको जित हो : ई. संजय कुमार महतो

काठमाण्डौं : नेपाल ईन्जिनियर एसोसिएसनको चुनाव हुन अब ७ दिन मात्र बाँकी रहेको छ । यसबीचमा विभिन्न समुहका उम्मेद्वारहरु चुनाव विशेष हतारोमा देखिन्छन् । विगतमा ६ पटकसम्म रोकिएर चुनाव हुनलाग्दा अहिले उम्मेद्वारहरु निकै हर्षित छन् । चुनावकेन्द्रित प्रचारप्रसारमा जुटेका छन् ।

केही उम्मेद्वारले सामाजिक संजाल फेसबुक तथा विभिन्न संचारमाध्ययमबाट मत दिन अपिल गरिरहेका छन् भने कतिपय प्रदेशमै पुगेर मत मागरिहेका भेटिन्छन् । यसबीचमा लोकतान्त्रिक ईन्जिनियर समुह पनि जोडबलका साथ चुनावी मैदानमा होमिएको छ ।

ई. दिलिपकुमार झा नेतृत्वको उक्त समुह सक्रियताका साथ लागि परेको छ । जुन प्यानलबाट ई. संजय कुमार महतोले पनि सह कोषाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् । उनले आफ्नो जित्ने संभावना रहेको पनि प्रतिक्रिया दिए ।

लामो समयदेखि इन्जिनियरिङ क्षेत्रमा योगदान दिँदै आएका इन्जिनियर संजयकुमार महतो एक सफल व्यक्तित्व समेत हुन् ।

स्थायी घर जनकपुर भई हाल काठमाण्डौंको शंखमुल बस्दै आएका महतो बिगत १६ बर्षदेखि आफ्नै फर्म “Nepal Developemnt Consultants” मा संचालक रहेका छन् ।

महतोले नेपाल इन्जिनियर्स एसोसिएसनको आसन्न ३३ औं अधिवेशनमा लोकतान्त्रिक इन्जिनियर्स समूहबाट सह-कोषाध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन् ।

साथै उनले विगत १६ बर्ष देखि (Valuation)  पेशा तथा अन्य इन्जिनियरिङ परामर्श कार्य गर्दै पनि आएका छन् । आफ्नो पेशा भन्दा बाहिर गएर उनले चलचित्र क्षेत्रमा समेत काम गरेको अनुभव रहेको छ ।

कामको दौरानमा “ पसिना “ नामक चलचित्र पनि निर्माण गरेको महतोले बताए ।

उनी मिडिया संचालक पनि हुन् । त्यति मात्र हैन विभिन्न संघ संस्थामा जोडिएर समग्र इन्जिनियरहरुको हकहितको लागि निरन्तर आवाज बुलन्द गर्दै आएका छन् ।

‘नेपाल भ्यालुयर्स एसोसिएसनको संस्थापक सचिव हुँदै उपाध्यक्ष पदमा समेत रही काम गरेका महतो मुल्यांकनकर्ताको हक, हितको लागि पनि आवाज उठाउँदै आएका छन् ।

उनले इन्जिनियरिङ क्षेत्रमा काम गर्ने सिलामा सँगालेको थुप्रै अनुभवलाई नेपाल इन्जिनियर्स एसोसिएसन मार्फत समग्र इन्जिनियरिङ क्षेत्रको व्यवस्थापनमा योगदान गर्ने महतोले एनडिसी खबरलाई जानकारी दिए । साथै उनले आफ्नो जित नै सम्पूर्ण इन्जिनियरहरुको जित हुने बताएका छन् ।

आफ्नो कार्य कौशलमा अब्बल युवा ई. महतो देश भरि नै ईन्जिनियरहरुमाझ लोकप्रिय हुँदै गइरहेका छन् , साथै उनले सम्पुर्ण इन्जिनियर मतदाताहरुलाई आफ्नो अमुल्य मत दिएर बिजयी गराउँन अपिल गरेका छन् ।

इन्जिनियर दिलीपकुमार झा ले नेतृत्व गरेको लोकतान्त्रिक इन्जिनियर्स समूहमा ई. ऋषि कोइराला, ई. कृष्णसिंह बस्नेत, ई.सुधिर गुरागाईं, आ. रमिता श्रेष्ठ, लगायतका दिग्गज व्यक्तिहरुको संलग्नता रहेको छ ।

साथै लोकतान्त्रिक इन्जिनियर्स समूहलाई सबै विधागत प्रतिनिधित्व हुनेगरी व्यावसायिक प्यानलको रुपमा अघी सारिएको छ ।