काठमाडौं : नेपाल प्रहरीको साइबर ब्यूरोले प्रविधिको दुरुपयोग गरी युट्युब, टिकटकलगायतका सामाजिक सञ्जालमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई प्रभावित पार्ने कार्य भइरहेको भन्दै उक्त कार्य गरे कारबाही गर्ने चेतावनी दिएको छ ।
शुक्रबार साइबर ब्यूरोले सूचना जारी गर्दै विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी युट्युब, टिकटकलगायतका सामाजिक सञ्जालमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई प्रभावित पार्ने कार्य गरे विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसूरमा कारबाही गर्ने चेतावनी दिएको हो ।
हेर्नुस् साइबर ब्यूरोको सूचना
तपाइँको प्रतिक्रीया