काठमाडौं : नेपाल विद्यार्थी संघका महिला नेतृहरुले तदर्थ समितिमा छात्राको नेतृत्व ल्याउन माग गरेका छन् । नेविसंघ स्थापनाको ५० वर्ष बितिसक्दापनि नेविसंघमा हालसम्म छात्राको नेतृत्व स्थापित हुन नसकेको भन्दै उनीहरुले पार्टीले गठन गर्ने तदर्थ समितिको नेतृत्व छात्रालाई दिनुपर्नेमा जोड दिएका हुन् ।
उनीहरुले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, सह-महामन्त्री भीष्मराज आङदाम्बे, प्रवक्ता डा.प्रकाशशरण महत लगायतलाई भेटेर कांग्रेसलाई समावेशी चरित्रको बनाउन नेविसंघको तदर्थ समितिको अध्यक्षको छात्रा विद्यार्थीलाई दिन माग गरेका हुन् ।
नेविसंघका प्रेमिका राना मगर, गीता गुरूङ, शिखा लम्साल, रक्षा ढकाल, अर्चना लुइँटेल, कविता वन, रिता तिम्ल्सीना, लक्ष्मी सिलवाल, पूजा फुँयाल, प्रमिला जैरू, शोभा बस्ताकोटी, पूजा शर्मा, सगुन कँडेल, सुप्रिया भट्ट, पद्मा विष्ट, निकिता राईलगायत २१ जना नेताले आज महिलालाई नेतृत्व दिन माग गर्दै संयुक्त रूपमा ज्ञापन पत्र बुझाएका हुन्।
तपाइँको प्रतिक्रीया