काठमाण्डौं : रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका बैतडीको दशरथचन्द नगरपालिकाका आप्रवासी श्रमिकको निःशुल्क जीवन बीमा गरिने भएको छ ।
दशरथचन्द नगरपालिका र रुडेस बैतडीको संयुक्त सहकार्यमा आप्रवासी श्रमिकको दुर्घटना बीमा गरिन लागिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए । उनले भने, “भारतमा काम गर्ने नेपाली जोखिममा छन् । जोखिम न्यूनीकरणका लागि आप्रवासी श्रमिकको बीमा गर्ने कार्यक्रम सञ्चालनको तयारी गरेका हौँ ।”
नगरपालिकाले कार्यविधि बनाएर आप्रवासी श्रमिकको बीमा गर्ने निर्णय गरेको नगरउपप्रमुख मीना चन्दले जानकारी दिए। वार्षिक एक हजार रुपैयाँमा पाँच लाखसम्मको दुर्घटना बीमा गर्न सकिनेछ ।
तपाइँको प्रतिक्रीया