२०८२ असार ४ बुधबार

राशिफल

इन्जिनियरहरुको समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्छु : ई. ऋषि कोइराला

काठमाडौं : ईन्जिनियर ऋषि कोइराला विधागत इन्जिनियरहरुका एजेण्डालाई प्राथमिकतामा राखेर चुनावी मैदानमा उत्रिएका छन् । इन्जिनियरिङ अन्तरगत पृथक विधा मानिने धितो मूल्याङ्कनबाट अघि बढ्दै गरेका कोइरालालाई सबैजसो विधागत इन्जिनियरहरुको साथ र सहयोग मिल्ने गरेको छ ।

कोइराला समस्यामा रहेका इन्जिनियरहरुको हकहितको लागि पूर्ण समर्पित भई निश्चित उद्देश्य प्राप्तिको लागि पूर्ण समर्पित भई लामो समयदेखि क्रियाशिल रहँदै आएका व्यक्ति हुन् ।

व्यावसायिक रुपमा मूल्याङ्कन कार्यलाई अपनाई मूल्याङ्कन क्षेत्रलाई अहिलेको अवस्था सम्म ल्याइपुर्याउनमा कोइरालाको योगदान महत्वपूर्ण रहेको छ । विभिन्न प्रयोजनले स्थिर सम्पत्तिको मूल्याङ्कन गर्ने प्रचलन नेपालमा समेत पुरानै रहेपनि यस क्षेत्रलाई निश्चित दायरामा ल्याउन नसकिँदा विगतमा यस क्षेत्रलाई व्यावसायिक रुपमा अपनाइएको इतिहास भने त्यति पुरानो छैन ।

पछिल्लो समय धितो मूल्याङ्कनका अन्तर्राष्ट्रिय पद्धतिहरु नेपालमा अवलम्बन गर्ने कार्यमा समेत उनी क्रियाशिल बन्दै गएका छन् । स्मरण रहोस्, नेपाल इन्जिनियर्स एसोसिएसन अन्तरगत अहिले नेपाल भ्यालुयर्स एसोसिएसन एउटा वस्तुगत संघको रुपमा रहँदै आएको छ ।

यसरी नै नेपाल इन्जिनियर्स एसोसिएसन अन्तरगत आर्किटेक्चरल, स्ट्रक्चरल इन्जिनियरिङ, जिओलोजिकल, इलेक्ट्रोनिक्स लगायतका विभिन्न विधागत संघसंस्थाहरु आवद्ध छन् । यद्यपि सबै संघसंस्थाका गतिविधिहरु राम्रोसँग चलायमान हुन सकेका छैनन् ।

विधागत रुपमा सबैका समस्याहरु एकै किसिमका छैनन् । यस्तो अवस्थामा आफूले नेपाल इन्जिनियर्स एसोसिएसन अन्तरगत सबै विधागत इन्जिनियरहरुका समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने सङ्कल्प लिएर यतिबेला ई.कोइराला चुनावी मैदानमा छन् ।

नेपाल इन्जिनियर एसोसिएसनमा ई. ऋषि कोइरालाको विजय एक व्यक्तिको नभई सम्पूर्ण विधागत इन्जिनियरहरुको विजय सावित हुने कुरालाई दृष्टिगत गर्दै आगामी फागुन २७ मा हुने चुनावका लागि विधागत इन्जिनियरहरु उपाध्यक्ष पदमा ऋषि कोइराला सहित ई.दिलीप कुमार झा नेतृत्वको समूहलाई विजयी गराउन माहोल बनाइरहेको बताइएको छ ।