काठमाडौं : चीनमा हुने १९ औं एसियाली खेलकुदमा नेपालबाट १४ खेलको सहभागिता उचित हुने राष्ट्रिय खेलकुद परिषद राखेपद्वारा गठित हाइ पर्फर्मेस कमिटीले सुझाव दिएको छ ।
राखेपका तालिम तथा प्रशिक्षक विभाग प्रमुख अर्जुनबहादुर विक संयोजकत्वको कमिटीले तीन महिनापछि शुक्रबार निमित्त सदस्यसचिव कुलबहादुर थापालाई प्रतिवेदन बुझाएको हो ।
१९औं एसियाली खेलकुद आगामी सेप्टेम्बरमा चीनको ह्वाङझोउमा हुँदैछ ।
कमिटीको प्रतिवेदनमा तीन चरणको तयारी गरी १४ खेलका खेलाडीलाई चीन पठाउँदा उचित हुने उल्लेख छ ।
संयोजक विकका अनुसार १३ औं दक्षिण एसियाली खेलकुद र केहि खेलको पछिल्लो समयको प्रदर्शनका आधारमा खेल संख्या सिफारिस गरिएको जानकारी दिए ।
तपाइँको प्रतिक्रीया