काठमाडौं : शिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ ।
गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै बिदाइ गरेका हुन् । संस्थानले नौसय देखि आठ हजार रुपैयाँसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको छ । यसैगरी कोषले एक सय पाँच रुपैयाँदेखि पाँच हजार एक सय रुपैयाँसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।
कोषले अहिलेसम्म झन्डै तीन हजार पाँच सय जना साधुसन्तलाई बिदाइ गरेको जनाएको छ ।
तपाइँको प्रतिक्रीया