काठमाडौं : रुसी सेनाको आक्रमणबाट युक्रेनमा एक सय ६० वटाभन्दा धेरै शैक्षिक संस्थामा क्षति पुगेको छ । ती शैक्षिक संस्थामा आंशिक वा पूर्णरूपमा क्षति भएको हो । रुसले युक्रेनमा आक्रमण गरेको आज दशौँ दिन हो ।
हिजो रुसले युरोपकै सबभन्दा ठूलो भनिएको जापोरिज्यामा रहेको परमाणु केन्द्र कब्जा गरेको छ । मुख्य सहरमा आक्रमणका घटना रोकिएका छैनन् । बेलायत, अमेरिका, क्यानडा र युरोपेली सङ्घलगायत धेरै देशले युक्रेनमा रुसले गरेको आक्रमणको निन्दा गर्दै आएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको एक घण्टा लामो फोन कुराकानीमा जर्मन चान्सलर ओलाफ सोल्जले तत्काल युद्ध रोक्न आग्रह गरेका छ ।
तपाइँको प्रतिक्रीया