२०८२ जेठ २२ बुधबार

राशिफल

विश्वकै सफल क्रिकेटर शेन वार्नको निधन

काठमाडौं :  विश्वकै सफल क्रिकेटर अस्ट्रेलियाका शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । उनको हिजो थाइल्यान्डमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अस्ट्रेलिया क्रिकेटका अर्का पूर्व खेलाडी रड मार्सको निधन भएको केही घण्टापछि वार्नको पनि निधनको खबर आएको हो । वार्नलाई हृदयघात भएको हुनसक्ने अनुमान गरिएको छ । लेगस्पिनर वार्नले अस्ट्रेलियाबाट १ सय ४५ टेस्ट र १ सय ९४ ओडीआई खेलेका थिए ।

उनले टेस्टमा ७ सय ८ विकेट र ओडीआईमा २ सय ९३ विकेट लिएका थिए । टेस्टमा वार्न श्रीलङ्का स्पिनर मथैया मुरलीधरनको ८ सय विकेटपछि सर्वाधिक विकेट लिने बलर समेत हुन् । वार्न सन् १९९२ देखि २००५ सम्म विश्व क्रिकेटका उत्कृष्ट स्पिनर थिए ।