२०८२ असार ८ आइतबार

राशिफल

आजको मौसम कस्तो रहला ?

काठमाण्डौं :  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भू(भागमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ।

शनिबार देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू- भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै आइतबार देशको सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने छ। सोमबार भने देशभर आंशिक देखि सामान्य बदली रहने छ।

गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।