काठमाण्डौं : आ. लैला श्रेष्ठले इन्जिनियर्स एसोसिएसनको आसन्न ३३ औं अधिवेशनबाट केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी दिएकी छिन् । जन्मघर संखुवासभा र कर्मघर भोजपुर भएकी श्रेष्ठले इन्जिनियर दिलीपकुमार झा ले नेतृत्व गरेको लोकतान्त्रिक इन्जिनियर्स समूहबाट सदस्य पदका लागि उम्मेद्वारी दिएकी हुन ।
साथै उनले फागुन २७ मा हुन गइरहेको नेइएको चुनावमा उहाँको क्र.स. न. १९ मा अमुल्य मत दिएर जिताउँनका लागि सम्पुर्ण इन्जिनियरहरुमा अपिल समेत गरेकी छिन् ।
विगत १७ वर्षदेखि ईन्जिनियरिङ क्षेत्रमा कार्यरत रहेकी उनी हाल आफनै आर्ट भ्यु इन्जिनियरिङ कन्सल्टेन्सीकी सञ्चालक समेत रहेकी छिन ।
नेपाल भ्यालुर्यस एसोशिएसनको हालको उपाध्यक्षमा आवद्ध श्रेष्ठले २००४मा नेपालमा इन्जिनियरिङ कलेजबाट आर्केटेकमा ईन्जिनियरिङ गर्नुभएको हो ।
तपाइँको प्रतिक्रीया