काठमाण्डौ : यूएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टुमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान श्रीलंका प्रस्थान गरेको छ ।
विश्वकप क्रिकेट लिग टु मा सहभागी हुनुभन्दा अगाडि नेपालले श्रीलंकामा अभ्यास खेल खेल्नेछ । श्रीलंकामा नेपालले पहिलो श्रेणीका टोलीसँग चार वटा अभ्यास खेल खेल्ने भएको हो । नेपाल, श्रीलंकाबाटै मार्च १४ मा यूएई जाने कार्यक्रम छ ।
त्रिदेशीय श्रृङ्खलाका लागि नेपालबाट १६ खेलाडीलाई अन्तिम सूचीमा राखिएको छ । नेपालले एकदिवसीय शृङ्खलामा यूएई र पपुवा न्यू गिनी पीएनजीसँग खेल्नेछ । लिग टु मा नेपालसहित ७ टोली सहभागी छन् ।
तपाइँको प्रतिक्रीया