२०८२ जेठ ३२ शनिवार

राशिफल

२४ घण्टामा थप ९१ जनामा कोरोना पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २२० परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु शून्यमा झरेको छ । यसअघि शुक्रबार एक जनाको र बिहीबार ३ जनाको मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३६२ रहेको छ ।