काठमाण्डौ : इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीले बर्नलीलाई हराएको छ । घरेलु मैदानमा बर्नली ४–० गोल अन्तरले पराजित भयो ।
चेल्सीका काइ हाभर्टजले दुई तथा रिस जेम्स र क्रिस्टियन पुलिसिसले एक एक गोल गरे । सबै चार गोल दोस्रो हाफमा भएको थियो । जितसँगै चेल्सी अङ्क तालिकाको तेस्रो स्थानमा पुगेको छ। उसको ३६ खेलमा ५३ अङ्क छ । अर्को खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई ४–० गोलले नै हराएको छ ।
तपाइँको प्रतिक्रीया