काठमाण्डौ : माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ । अस्ति शुक्रवारदेखि सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।
आजको बैठकमा पदाधिकारी चयनलगायतका साङ्गठानिक विषय हुने पार्टीका सचिव श्रीराम ढकालले जानकारी दिए । राष्ट्रिय सभागृहमा शुक्रवार बसेको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो ।
अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले एमसीसीमाथि धारणा राखेका थियो । प्रचण्डले नेता श्रेष्ठले राखेको असन्तुष्टिबारे व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने आफ्नो निर्णय बाध्यात्मक परिस्थितिको उपज भएको भन्दै बचाउ गरेको थियो ।
नेता श्रेष्ठले एमसीसीका विषयमा फरक मत राखे पनि पार्टी एकतामा जोड दिएको थियो । एमसीसी अनुमोदनपछि गएको सोमवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले विरोध गर्नेहरु पार्टी छाडेर जान सक्ने सङ्केत गरेका थिए । त्यसपछि नेता श्रेष्ठले आफूनिकट नेताहरुसँग छुट्टै छलफल समेत गरेको थियो ।
तपाइँको प्रतिक्रीया