काठमाण्डौ : बालाजु ढुङ्गेधारा चोक नजिकै रहेको तरकारी बजारमा आगलागी भएको छ ।
गएराति सवा १२ बजे लागेको आगलागीबाट त्यहाँ रहेका ६० देखि ७० वटा पसलमा नोक्सानी भएको जनाएको छ ।
महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार ६० देखि ७० वटा स्टल रहेको एउटा टहरोमा आगो लागेको हो । आगो पाँच वटा दमकलको सहयोगमा राति १ बजेतिर नै निभ्याइएको छ ।
आगलागी के कारणले भयो खुल्न बाँकी रहेको र विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया