काठमाडौं : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री नाफ्तली बेन्नेटसँग टेलिफोन वार्ता गरेको छ।
बाइडेनसँगको वार्तामा सुरक्षा, युक्रेनलाई आर्थिक सहयोग र रुसमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल भएको राष्ट्रपति जेलेन्स्कीले ट्वीट गरी जानकारी दिएको छ । त्यस्तै जेलेन्स्कीले इजरायलका प्रधानमन्त्री बेन्नेटसँग आफ्नो देशको पछिल्लो अवस्था र सहयोगबारे छलफल गरेको थियो ।
जेलेन्स्कीको अनुरोधमा इजरायल रुस र युक्रेनबीच मध्यस्थता गर्न इच्छुक देखिएको छ । जेलेन्स्कीले बेन्नेटसँग फोनवार्ता गर्नुअघि बेन्नेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मस्कोमा भेट समेत गरेको थियो ।
तपाइँको प्रतिक्रीया