२०८२ असार ८ आइतबार

राशिफल

टाटा मोटर्सको होली क्याम्प सर्भिस

काठमाण्डौ :  टाटा मोटर्सले होली सर्भिस क्याम्प योजना ल्याएको छ ।

टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले आजदेखि आउँदो चैत दुई गतेसम्म सञ्चालन गर्ने गरी यो योजना ल्याएको हो । होली सर्भिस क्याम्पमा टाटाका जेन्युअन स्पेयर पार्टस्मा ७ प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएको छ ।

यस्तै गियर बक्स तथा क्राउन ओभर हल गर्दा स्पेयर पार्टस्मा १० प्रतिशत छुट दिनुका साथै ६ महिनाको वारेन्टी दिने कम्पनीले जनाएको छ । इन्जिन, क्राउन तथा गियर आयलमा १५ प्रतिशत छुट दिइने योजना रहेको छ ।

ब्रेक, स्टेरिङ्ग आयल, हाइड्रोलिक आयल, कल्च आयल तथा डीईएफमा २० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ । यस्तै नि:शुल्क इन्जिन हेल्थ चेक अप तथा सञ्जीवनी योजनामा इन्जिन बनाउँदा आकर्षक उपहार पनि उपलब्ध हुने भएको छ ।