२०८२ असार ८ आइतबार

राशिफल

ओखलढुङ्गामा बिहानै बोलेरो दुर्घटना, ५ जना घाईते, १ गम्भिर

काठमाण्डौं : ओखलढुङ्गामा आईतवार विहानै चिशंखुगढी गाउँपालिकाको दियालेवाट ओखलढुङ्गा सदरमुकाम तर्फ आउदै गरेको बोलेरो दुर्घटनामा परेको छ । बोलेरो दुर्घटना हुँदा बोलेरोमा सवार ५ जना घाईते भएका छन् ।

चिशंखुगढी गाउँपालिकाको दियालेवाट  सदरमुकाम ओखलढुङ्गा तर्फ आउदै गरेको प्र १–०२–००१ ज ३८७५ नम्बरको बोलेरो सिद्धिचरण नगरपालिका वडा नं. ५ सिस्नेखोलामा दुर्घटना भएको हो ।

बोलेरो सडकबाट करीब ३० मिटर तल खसेको छ । बोलेरो दुर्घटना हुदा बोलेरोमा सवार ५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक काफ्लेका अनुसार घाईते मध्ये १ जनाको अबस्था गम्भिर रहेको छ ।

घाईते हुनेहरुमा सबै चिशंखुगढी गाउँपालिकाका कुमारी श्रेष्ठ, कुमार श्रेष्ठ, टिका श्रेष्ठ, सिता भुजेल र हिमाल खतिवडा रहेका छन् । घाईते भएका मध्ये कुमारी श्रेष्ठको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । बोलेरोमा ९ जना सवार रहेका थिए ।